a presentation of Dreams & Ideas

         
     
   

बाल संसार वेबसाइटमा हार्दिक स्वागत !

यो बेवसाइट नेपाली भाषा बुझ्ने सबैका लागि हो ।

Welcome to BalSansar!

Children's World

Website for Nepali children

Visit English Section

यसका उद्देश्यः

बालबालिकालाई सिर्जनशील बन्न सघाउनु,
स्वदेश र विश्वका बाल साहित्यसँग परिचित गराउनु,
आधुनिक आमसंचारका माध्यमहरुका बारेमा सजग बनाउनु,
अभिभावकहरुलाई बालबालिकाको हक र हितप्रति सचेत बनाउनु ।

यो वेबसाइट अन्तर्राष्ट्रिय बाल दिवसको उपलक्षमा २० नवेम्बर २००५ को दिनमा थालिएको हो । यो वेबसाइटमा निरन्तर नयाँ सामग्री थपिनेछन् ।
पढने सामग्रीका साथै हेर्ने र सुन्ने सामग्री पनि राखिनेछन् ।
बालबालिकाले लेखेका रचना पनि राखिनेछन् ।

हाम्रो लोकतान्त्रिक राष्ट्रगान

सयौँ थुँगा फूलका हामी एउटै माला नेपाली
सार्वभौम भई फैलिएका मेची-महाकाली ।
प्रकृतिका कोटीकोटी सम्पदाको आँचल
वीरहरुका रगतले स्वतन्त्र र अटल
ज्ञानभूमि शान्तिभूमि तराइ पहाड हिमाल
अखण्ड यो प्यारो हाम्रो मातृभूमि
नेपाल
बहुल जाति भाषा धर्म संस्कृति छन् विशाल
अग्रगामी राष्ट्र हाम्रो जय
जय नेपाल ।

राष्ट्रगान डाउनलोड गरेर सुन्नुहोस्

नयाँ पुस्तक प्रकाशित

विनय कसजूका १०० बालकथा
पेज ३९२ मोल सामान्य कभरको रू. ३००।
बाक्लो कभरको रू. ५००।
प्रकाशकः विवेक सिर्जनशील प्रकाशन

शिशु गीत

नयाँ कथा

स्वार्थ र परार्थ

एउटा गाउँमा विदेशी पाहुनाहरू आए । पाहुनाहरूको हातले खाने बानी थिएन । भात खाने बेलामा उनीहरूले चम्चा मागे । गाउँमा चम्चाले खाने चलन थिएन । चम्चाको सट्टा डाडु पनिउँ दिए । उनीहरूले डाडुले खाने बिचार गरे ।

डाडु र पनिउँले थालमा राखेको भात र दाल मुछे र खान थाले । चम्चाले खाने बानी परेकाहरूले लामो डाडुले खान खोज्दा मुखैमा पुर्याउन सकेनन् । यताउति पोखे । उनीहरूले आधाजति खानेकुरा पोखे । आधा पेट भरे र गाउँमा चम्चाको चलन नभएकोमा गिल्ला गर्दै उनीहरू विदा भए ।

केही दिनपछि त्यही गाउँमा विदेशी पाहुनाहरूको अर्को समूह आयो । उनीहरू पनि हातले खाँदैनथे । उनीहरूले पनि काँटा चम्चा मागे । नपाएपछि डाडु पनिउँले थालको भात दाल मुछे ।

तर उनीहरूले आफैले खाएनन् । आमुन्ने सामुन्ने बसेर एकले अर्कोलाई डाडुले ख्वाए । यसरी एक सिता भात नपोखीकन उनीहरूले पेट भरे । अनि एकअर्कोलाई ख्वाएर आपसमा सहयोग र सद्भाव बढाउने अवसर दिएकोमा गाउँलेलाई धन्यवाद दिँदै बिदा भए ।

- विनय कसजू
२०६७ जेठ २, आइतबार ।

चौँरीखर्कमा ऊँट

 "दसैंमा घर आउँदा ऊँटका एक जोडी पाठापाठी तपाईंसँगै हवाइजहाजमा राखेर लिएर आउनू है," विकासले बालाई फोनबाट आफ्नो माग सुनायो। बाले हाँस्दै भने, "पहाडमा पनि ऊँट बाँच्छ र छोरा? खेलौना ऊँट ल्याउने भए ल्याइदिन्छु।"
बाको कुरा विकासले के मान्थ्यो? "हाम्रो चौँरी गोठमा बस्छ, चौँरीले खाने घाँस कुँडो त्यसले पनि खान्छ," उसले ऊँट जसरी पनि लिएर आउन भन्यो। आफूले कसैलाई दुःख नदिने र चौरीखर्कका ऊँट चराउने कुरा पनि बतायो। ऊँट नल्याइदिए आफू स्कुल नजाने र बासँग पनि नबोल्ने भन्दै जिद्दी पो गर्न थाल्यो।
विकासका बालाई फसाद पर्‍यो। तैपनि उनले सम्झाउँदै भने, "तिम्रो स्कुलको भूगोल पढाउने मिससँग सोध त बाबु  ऊँट कस्तो ठाउँमा बस्छ? के खान्छ? अनि मिसले पनि ल्याउन भन्नुभयो भने म ल्याइदिन्छु।" मिसलाई त जसै मनाउँछु भन्दै विकास गदगद भो।
म्याग्दीको खोप्रालेकछेउ बस्ने विकासका बा समर सारू खाडी देशमा गएको चार वर्षभन्दा धेरै भइसकेको थियो। त्यहाँ उनी एक जना धनी शेखको ऊँटगोठमा काम गर्थे। साहुका विश्वासपात्र थिए उनी। आम्दानी राम्रै थियो। त्यसैले अरबको मरुभूमिको उखर्माउलो गर्मी पनि उनले सहेर बसेका थिए। उनले चाहे अरबबाट दुईचार जोडी ऊँट ल्याउन नसक्ने थिएनन्।

पूरा कथा पढ्नुस् ।

चेपागाँडाको स्कुल
यो नयाँ कथा पावरप्वाइन्ट फाइलमा हेर्न र डाउनलोड गर्न सकिन्छ ।

ढड्डु मुसाको बकबक
- विनय कसजू

कथा नसुनी मायालाई निँद लाग्दैनथ्यो । साँझ दूधभात खाएपछि ऊ ओछ्यानमा पल्टन्थी । अनि मैले उसलाई कथा सुनाउँथेँः "राजकुमारीले भ्यागुतोलाई माया गरेर म्वाई खाई । अचानक भ्यागुताको रुप फेरियो । राजकुमारीको हातबाट भ्यागुता बिलायो । उसको अगाडि सुन्दर राजकुमार उभियो ।  ......."

ऊ यस्तै कथा सुन्न रुचाउँथी । तर कथा टुंगिन नपाउँदै माया निदाइसक्थी । उसले पूरै कथा कहिल्यै सुन्न भ्याउन्नथी । माया निदाए पनि मैले कथा बीचैमा रोक्दिनथेँ । कोठामा मेरो कथा सुन्ने अरु पनि हुन्थे ।
मायालाई कथा सुनाउन म कोठामा पस्दा मेरो पछिपछि टाटे कुकुर र पाटे बिरालो पनि आउँथे । टाटे भुइँमा बस्थ्यो । मैले कथा सुनाउँदा ऊ मतिर र्फकन्थ्यो र बडो ध्यान दिएर सुन्थ्यो । पाटे भने कहिले ओछ्यानमाथि मायासँगै बस्थ्यो भने कहिले खाटमुनि गएर मुसालाई ढुकेर बस्थ्यो । तर कथा सुनाउन थालेपछि ऊ पनि हल्ला नगरी बस्थ्यो ।

पूरा कथा पढ्नुस् ।

सानो भ्यागुताको सपना
चिनिया बालकथा
लेखकः लिङ सोङइङ, चित्रांकनकर्ताः झाइ साओरोङ

सानो भ्यागुता पोखरीको किनारामा बसेर पानीमा आफूलाई हेरिरहको थियो । उसको जिऊको रंग हरियो थियो । तर उसलाई हरियो रंग पटक्कै मन पर्दैर्नथ्यो ।
"मेरो रंग फूलको जस्तो रातो भए कस्तो राम्रो हुनेथियो होला !" सानो भ्यागुताले यस्तो बिचार गथ्र्यो ।

पूरा कथा पढ्नुस् ।

विरालोको सम्मान
विनय कसजू

"विरालोको घाँटीमा घण्टी बाँध्ने समस्याले हामीलाई कहिल्यै छोडेन । अब यो कुरामा समय खेर नफालौँ । बरु सकिन्छ भने अरु कुनै उपाय निकालौँ ।" दाह्रीवाल मुसाले जुँगा मुसार्दै भन्यो ।

"यो हामी मुसा जातिको जीवनमरणको समस्या हो । यस्तो महत्वपूर्ण समस्यालाई त्यत्तिकै छाडन कहाँ हुन्छ ?" तन्नेरी मुसाले कुरा काट्यो ।

"हामीभन्दा पहिले पनि यो विषयमा धेरै छलफल भइसकेको छ । बिरालोको घाँटीमा घण्टी बाँध्ने कोसिस गर्दा धेरै मुसा सहिद भइसकेका छन् । कथंकदाचित कोही सफल भए पनि बिरालोले धेरै दिनसम्म घाँटीमा घण्टी बाँधेर बस्दैन । चुँडालेर फालिहाल्छ । यसैले अब बिरालोको घाँटीमा घण्टी बाँध्ने योजना छाडिदिउँ भनेको हो ।" दाह्रीवाल मुसाले आफ्नो कुरा मनाउन खोज्दै भन्यो ।

यसैबीच एउटा दुब्ले मुसाले बिरालोको नक्कल गर्दै जोडले "म्याउँ" गर्यो । सबै मुसाका कान ठाडा भए । बिरालो आयो कि भनेर सबै मुसा चनाखा भए । अनि दुब्ले मुसाले ताली बजाउँदै सबैको ध्यान आफूतिर तान्यो र बिरालोको घाँटीमा घण्टी झुण्ड्याउने नयाँ उपाय सुनायो ।

दुब्ले मुसाको कुरा सुनेर धेरैजसो मुसाहरू हाँसे । उसको कुरा धेरैले पत्याएनन् । तर दुईचार मुसाहरूले उसको र्समर्थन गर्दै भने, "दुब्लेले भनेको उपाय एक पल्ट प्रयास गरे के बिग्र्यो र ?"

अनि एक दिन दुब्लेको योजना अनुसार मुसाहरूले ठूलो सभाको आयोजना गरे । सभाको प्रमुख अतिथिको रूपमा ढाडे बिरालोलाई निम्ता गरियो । टोलका अरु बिरालाहरूलाई पनि निम्तो पठाइयो ।

पूरा कथा पढ्नुस्

खेलाडी गुफी र रोबोट

डिज्नेल्याण्ड कार्टुन कथाका पात्रहरूमा आधारित

अनुवादकः विनय कसजू


दौड सुरु भइसकेको थियो । खेलाडीहरूलाई उत्साहित गर्न दर्शकहरूले ताली बजाएर हल्ला गरिरहका थिए । दौड सकिने अन्तिम रेखामा फोटो पत्रकारहरू फोटो खिच्न तयार थिए ।

खेलाडी गुफी बेतोडसँग दौडँदै लाइनमा आइपुग्यो । उसले दौड प्रतियोगिता जित्यो ।
"गुफी साँच्चै महान खेलाडी हुन् ।" गुफीलाई रुचाउने दर्शक चिच्यायो ।

"ऊ बतासझैँ दगुर्छ ।" अर्को करायो ।

तर त्यहाँ गुफीले जितेकोमा खुशी नहुने एक जना थियो । त्यसको नाम पिटे थियो । ऊ दुष्ट थियो ।

मेयरले गुफीलाई पुरस्कार दिएको पिटेले हेरिरहेको थियो । मेयरले गुफीलाई पदकसँगै ठूलै रकमको चेक पनि दियो ।

"गुफीले पाउने त्यो अन्तिम रकम हो ।" पिटेले मनमनै भन्यो, "अब हुने दौडमा यो चेक मैले पाउनेछु ।" भन्दै पिटेले खुट्टा बजार्यो ।

पुरस्कार बाँडेपछि मेयरले लामो भाषण गर्न लागेका थिए । तर गुफीले "मेरो अलिकति काम बाकी छ ।" भन्दै त्यहाँबाट हिँड्यो ।

सबैभन्दा पहिले ऊ बैँकमा गयो । उसले चेक साटेर नगद लियो । त्यसपछि ऊ खेलकुदका सामान बेच्ने पसलमा गयो । त्यहाँ उसले रकेट, व्याट, बल र खेलका थुप्रै सामान किन्यो । ती सामानको भारी बोकेर त्यहाँबाट ऊ दगर्ुर्दै एउटा घरमा पुग्यो ।

त्यो घरमा आमाबा नभएका टुहुरा केटाकेटीहरू बस्थे । "हेर त केटा हो मैले तिमीहरूको लागि के ल्याएको छु ।"उसले ती केटाकेटीहरूलाई भन्यो ।

खेलाडी गुफी उनीहरूकहाँ जहिले आए पनि उनीहरू खुशीले उफ्रन्थे । गुफी उनीहरूको सबैभन्दा असल साथी थियो ।

गुफीले सबै केटाकेटीलाई खेलकुदका सामान वाँड्यो । उनीहरूले गुफीलाई धन्यवाद दिए । टुहुरा घरका व्यवस्थापकले पनि उसलाई धन्यवाद दियो ।

"अर्को साता फेरि दौड प्रतियोगिता हुँदैछ ।" खेलाडी गुफीले भन्यो, "त्यसमा जितेँ भने पुरस्कारको रकमले केटाकेटीलाई खेल्नको लागि अगाडिको चौर किनिदिन्छु । त्यति भएपछि उनीहरूलाई उफ्रन खेल्न ठाउँ पुग्छ ।"

तर दुष्ट पिटेले अर्कै चाल चल्ने तयारी गर्दै थियो । उसले एउटा रोबोट बनाउँदै थियो । रोबोट तयार भएपछि त्यसलाई गुफीसँग दौडाउने उसको बिचार थियो ।

"मेरो रोबोट साँच्चैको खेलाडीजस्तै देखिने छ । त्यसले सबैलाई झुक्याउने छ ।" पिटे मनमनै हाँस्यो ।

पूरा कथा पढ्नुस्

नयाँ कथा पढ्न यहाँ क्लिक गर्नुस्

बाल चौतारी
बाल चौतारी

इसपका नीतिकथा | पंचतन्त्रका कथा | बौद्ध जातककथा | चीनका नीतिकथा
आफन्तीका कथा
 | प्रसिद्ध प्राचिनकथा | प्रसिद्ध लोककथा | प्रेरक कथा
हान्स एन्डरसनका कथा | विनय कसजूका कथा | बाल सिर्जना



   
     
विनय कसजूका बालसाहित्यका पुस्तकहरू
 


रातो भाले शिशचित्रकथा

मुसाको भोजमा बिरालो बालचित्रकथा


कान्छाको मोटर बालकथा संग्रह

स्माइल प्लिज बालकथा संग्रह

 
           
 


झ्यापुल्लेको बिजोग बालसाहित्य समाजद्वारा पुरस्कृत २०६१


बाघको सत्कार


मुसालाई दोसल्ला


हान्स क्रिस्चियन एन्डरसन र उनका परीकथाहरू

 
           
 


बनको दमकल


घडीहरूको जमघट बालसाहित्य समाजद्वारा पुरस्कृत २०६३


जन्मदिनको उपहार


बालकथा लेखन

 
           
संयोजक तथा संपादकः विनय कसजू
सहयोगीः गंगा कसजू
वेबसाइट संचालकः ड्रिम्स एण्ड आइडियाज
© सर्वाधिकार सुरक्षित। विस्तृत जानकारीका लागि सम्पर्कः
bhetauna@gmail.com

a presentation of